काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको अवधि तोकेको छ । आयोगले फाल्गुन ३ गते राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्मका लागि प्रचार प्रसारको अवधि तोकेको हो ।
जस अनुसार फागुन १८ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ । निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।
त्यसको प्रचार प्रसारमा उक्त आचरण पालना गर्न पनि आयोगले निर्देशन दिएको छ ।
आर्थिकन्यूज