काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा १ रुपैयाँ डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमले जानकारी दिएको छ।
काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ रहेको छ । त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ।
आर्थिकन्यूज