काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा ७३.१७ प्रतिशतले बढेको छ। गत वर्ष पुस मसान्तसम्म २ अर्ब ७६ करोड नाफा आर्जन गरिएकोमा यस वर्ष सोही अवधिमा नाफा बढेर ४ अर्ब ७९ करोड पुगेको छ।
खराब कर्जा अनुपातमा सुधार, ब्याज आम्दानी वृद्धि र नेपाल राष्ट्र बैंकको नीतिगत सहजताले नाफा बढाएको विश्लेषण गरिएको छ। गत वर्ष ८ वटा संस्था घाटामा रहे पनि यस वर्ष घाटा घटेर ४ वटामा सीमित भएको छ।
छिमेक लघुवित्तले ५७ करोड ६० लाख रुपैयाँ १२.५५ प्रतिशतले वृद्धिले वृद्धि गरेको छ । डिप्रोक्स लघुवित्तस् ४४ करोड २९ लाख ८०.३० प्रतिशत वृद्धि, जीवन विकास लघुवित्त ३८ करोड ९० लाख ८९.३७ प्रतिशत वृद्धि गरेका छन् ।
फर्वार्ड माइक्रोफाइनान्स २०६० प्रतिशत वृद्धि, अभियान लघुवित्त १९४२ प्रतिशत वृद्धि, मानुषी, महुली, धौलागिरी लगायतका संस्थाले पनि शतप्रतिशतभन्दा बढी नाफा बढाएका छन्।
१० वटा लघुवित्त संस्थाको नाफा भने घटेको छ। विजय लघुवित्तको नाफा ७८.५६ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ। समग्रमा, ५० मध्ये ४० वटा लघुवित्त संस्थाले गत वर्षको तुलनामा नाफा बढाएका छन् भने १० वटा संस्थाको नाफा घटेको छ।
आर्थिकन्यूज