काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आइपीओ बाँडफाँट फागुन ४ गते सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा बाँडफाँट कार्यक्रम गरेको हो।
कम्पनीले माघ २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आइपीओमा २६ लाख ६० हजार ४५२ जनाले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन दिएका थिए।
जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदकको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँट गर्दा ३ लाख ३२ हजार भाग्यमानी आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आर्थिकन्यूज