शीर्षकहरू

रिज लाइन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज (फागुन ४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजीको २२ प्रतिशत अर्थात २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। कम्पनीको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालनमा आइसकेको छ। शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सि–आस्बा प्रणालीमार्फत दिन सकिनेछ।