काठमाडौं । फागुन ४ गते सोमबार स्पेशल प्रि–ओपन सेसनमा रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार सम्पन्न भएको छ। दुबै कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको हो।
यी कम्पनीहरू फागुन १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका थिए। रिलायन्स स्पिनिङ मिल्सको १०० रुपैयाँ अंकित दरका १ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको १०० रुपैयाँ अंकित दरका ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत गरिएको थियो।
नेप्सेले हालै सूचीकरणको क्रममा दिइने ओपनिङ रेन्ज फेस भ्यालुको तीन गुणासम्म मात्र तोक्ने व्यवस्था गरेअनुसार दुबै कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो।
आर्थिकन्यूज