काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त शेयर हाल कायम रहेका संस्थापक शेयरधनीहरूका लागि पहिलो चरणमा खुला गरिएको हो।
इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रस्ताव खुलाएर कम्पनीको काठमाडौं–टंगालस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। आवेदनका लागि ३५ दिनको समय तोकिएको कम्पनीले जनाएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम बाँकी शेयर अन्य व्यक्ति वा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।
आर्थिकन्यूज