वीरगञ्ज । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। घरदैलो अभियानको पहिलो चरण सम्पन्न भएसँगै सबै उम्मेदवार नयाँ रणनितिका साथ जनविश्वासलाई आफ्नो पक्षमा पार्न सक्रियतालाई कसिदै गएका छन ।
पर्साका चारवटै क्षेत्रमा नेका,रास्वपा र एमाले बिच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।जस मध्ये क्षेत्र नम्बर–२ विशेष चासोको केन्द्र बनेको छ । घरदैलो तथा भेटघाट कार्यक्रम अधिकांश स्थानमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ। उम्मेदवारहरूसँगै स्थानीय बासिन्दा, युवा र सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिताले चुनावी माहोल झनै ऊर्जाशील बनेको छ ।
पर्सा जिल्ला अन्तर्गतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मुख्यत: वीरगञ्ज महानगरपालिकाका अधिकांश वडा समेट्ने शहरी–अर्धशहरी क्षेत्र हो । भारतसँग सीमा जोडिएको व्यापारिक करिडोरका रूपमा परिचित यस क्षेत्रलाई आर्थिक मात्र होइन, राजनीतिक दृष्टिले पनि रणनीतिक मानिन्छ ।महानगरका वडाहरु बाहेक पर्सा गढी नगरपालिकाका सबै वडा र बहुदरमाई नगपालिकाका ४वार्डहरु यस क्षेत्रमा रहेका छन।
जेनजी आन्दोलनका क्रममा घर जलाइएको घटना पछि पूर्व मन्त्री अजय चौरसिया प्रति जनसहानुभूति बढ्दै गएको चर्चा छ । पर्सा जिल्लालाई परम्परागत रूपमा नेपाली कांग्रेस को आधार क्षेत्र मानिँदै आएको छ, विशेषगरी क्षेत्र नम्बर–२ लाई कांग्रेसी प्रभाव क्षेत्रका रूपमा लिने गरिन्छ ।
नेपाल कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका अजय चौरसिया यस अघि चुनावमा ठुलो मतले बिजयी भएका उम्मेदवार हुन ।यसपालिकको चुनावमा चौरसिया स्वास्थ्य, शिक्षा, रोजगारी, सडक पूर्वाधार तथा आफू कानुन मन्त्री हुँदा अघि बढाएको नागरिकता विधेयकलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । वीरगञ्ज–९ मा आयोजित भेलामा उनले नारायणी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, नारायणी रंगशालाको स्तरोन्नति गर्ने तथा युवालाई रोजगारी सिर्जना गर्न पोलिटेक्निकल कलेज स्थापना गर्ने चुनावी प्रतिबद्धता व्यक्त गरेका छन् ।
पूर्व कानुन मन्त्रीका रूपमा उनले कानुनी सुधार, विधि निर्माण प्रक्रिया सुदृढीकरण तथा संवैधानिक मूल्यमान्यताको पक्षमा स्पष्ट अडान राख्दै आएको समर्थकहरूको भनाइ छ । यसपटक पर्सा कांग्रेस भित्र एकता देखिएकाले उनी बलियो स्थितिमा रहेको विश्लेषण गरिएको छ ।
पर्सा–२ मा मधेशी, पहाडी तथा मुस्लिम समुदायको मिश्रित बसोबास रहेको छ । यहाँका अधिकांश मतदाता व्यापार, उद्योग, सेवा तथा साना उद्यमसँग प्रत्यक्ष रूपमा आबद्ध छन् । विकास र सुशासनलाई कानुनी आधारमा अघि बढाउनुपर्ने उनको जोडले उनलाई नीतिगत राजनीतिमा विश्वास गर्ने नेताको रूपमा स्थापित गरेको छ ।
विगतका निर्वाचनहरूमा यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र लगायतका दलबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो ।तर यस पटक परिस्थिति केही फरक देखिन्छ । गगन थापाको नेतृत्वमा सुधारिएको नेपाली कांग्रेस चुनावमा घात अन्र्तघातका सम्भावना जिर्ण रहेको पर्सा काँग्रेसको दाबी छ ।
जेनजी आन्दोलन र बालेन साहको मधेसी लोकप्रियतामा आधारित रास्वपा तथा एमालेकी उम्मेदवार रिमा यादवको सघन प्रचारसँगै पूर्व मेयर बिजय सरावगीको सक्रिय भूमिकाले चुनावलाई अझ रोचक बनाएको छ । तीनै उम्मेदवारले घरदैलो, प्रचार प्रसार र पार्टी प्रवेश जस्ता कार्यक्रमहरू दिन–रात व्यस्ततापूर्वक सञ्चालन गर्दैछन् ।
क्षेत्रका शहरी मतदाताले विकास, रोजगारी, कर–व्यवस्था, उद्योग सुरक्षा तथा पूर्वाधार सुधारजस्ता मुद्दालाई प्राथमिकता दिँदै आएका छन्। त्यसैले यहाँ हरेक निर्वाचनमा मुद्दामुखी बहस र तीव्र प्रतिस्पर्धा देखिने गरेको छ।
साथै, महानगरका चारवटा वडाका सुगौली, आठराहा, बहुअरी, श्रीसिया र अलौ—समेतका किसानहरूका दुई सयभन्दा बढी जग्गा डुबानमा पर्ने विषय यस चुनावको महत्वपूर्ण मुद्दा बनेको छ ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानु पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन। उनी यसअघि वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष थिए । संघीय संसद्को चुनावमा प्रतिस्पर्धा गर्न उनले वडाध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
यो क्षेत्रमा रहेका मतदाताको सख्याको तुलनात्मक रुपपमा सबै भन्दा बढी मतदाता भएका वडा १०का स्थानिय वासी समेत रहेका शुसिल साहकानुलाई स्वतन्त्र पार्टिका तर्फबाट जेनजि उम्मेदवारको रुपमा लिने गरिएको छ । उनलाई जातिगत वैश्य समाजको राम्रो समर्थन रहेको उनका सहयोगीहरु बताउ छन । सामाजिक विविधता र आर्थिक सक्रियता र जातिय समिकरणले यस क्षेत्रको चुनावी चरित्रलाई विशेष बनाएको छ ।
शुसिल साह कानुले वडा अध्यक्षका रूपमा विकासमुखी र समन्वयात्मक नेतृत्व प्रस्तुत गरेको भन्दै स्थानीयस्तरमा सकारात्मक चर्चा बटुलिरहेका छन् ।महानगरको वडा अध्यक्ष हुदा उनले आधारभूत पूर्वाधार सुधार, सरसफाइ अभियान र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै काम गरेको स्थानीयवासीको भनाइ छ । दुइ बर्ष अगाडि तराईमा पहिलो पटक पानिको संकट उत्पन्न हुदा डिप बोरिगंबाट वडा वासीको घर घरमा पानि पुर्याएर महानगरको लागी उदाहरणिय काम गरेका युवा नेता कानु हुन ।
एमालेपार्टिको तर्फबाट दुइ नम्बरका चुनावी कमान्डरका रुपमा ओर्लेका पुर्व मेयर बिजय सरावगीले रिमा यादवलाई एमालेकी ‘जेनजी’ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रचार प्रसारलाई अगाडि बढाएका छन । युवा पुस्ताको प्रतिनिधित्व गर्दै यादवले शिक्षा, रोजगारी र डिजिटल सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएकी छन्।
युवासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत सक्रिय पहुँच र नवीन सोच उनको बलियो पक्ष मानिन्छ। संगठनभित्र पनि ऊर्जाशील, अध्ययनशील र स्पष्ट अभिव्यक्ति दिने नेतृका रूपमा परिचित यादवले समावेशी विकास र पारदर्शितालाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएकी छन्।रिमाका बुवा कानुनि अधिवक्ता र जिल्ला देखि सर्वोच अदालतसम्मका न्यायधिसमाझ राम्रो दखल राख्ने कुराको चर्चाले पनि रिमाको चुनावी अभियानलाई बल पुर्याएको छ ।
स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने प्रयास र युवा सहभागिता बढाउने प्रतिबद्धताले उनलाई नयाँ पुस्ताको आशाका रूपमा प्रस्तुत गरेको समर्थकहरूको दाबी छ। म जितेसंगै यसबाट आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने उनको भनाइ छ ।
त्यसैगरी पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल तथा बिजुली निर्माणमा पारदर्शिता, गुणस्तर र समयपालनलाई विशेष ध्यान दिइने उनले स्पष्ट निती रहेको देखिएको छ । मतदाताले भोग्दै आएका समस्या संसद् र नीति निर्माण तहसम्म पु¥याएर समाधानका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता समेत लिएर यादवले भोटमाग्दै छिन ।
प्रदिप र शुसिल बिचका गहिरो सम्बन्ध विश्वासको खाडल
दुइ पार्टिबाट उम्मेदवार बनेका प्रदिप यादव र शुसिल साह कानु बिचको गहिरो र धेरै पुरानो राजनैतिक,आर्थिक र मधेस आन्दोलनमा आधारित सम्बन्ध छ । दुबैनेताको राजनैतिक जगमधेस आन्दोलन नै भएको बताइन्छ । जसले गर्दा यो चुनावमा एमालेको क्षेत्र एक र दुई दुबैमा रणनीति र विश्वासको समीकरण परिक्षणाबाट गुज्रिएको बताइन्छ ।जसले पनि चुनावी नतिजा कसको पक्षमा जाला भन्ने रु प्रश्नको चर्चा चुलिदो छ ।
हालै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मा प्रवेश गरेका पूर्व मन्त्री प्रदीप यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका सुशील साह कानुबीच दुई दशक लामो व्यक्तिगत तथा राजनीतिक सम्बन्ध रहेको बताइन्छ ।
यादव र कानु फरक–फरक दलबाट चुनावी मैदानमा उत्रिए पनि दुवैबीचको पुरानो सम्बन्धका कारण एक–अर्कालाई सहयोग नगरी नहुने एमाले र रास्वपाका केहि स्थानिय नेताहरुको दाबी छ । राजनीतिक वृत्तमा चलिरहेको यसता चचाले चुनावी माहौललाई झन तताएको बताइन्छ । जसको दुबै उम्मेरवारले आफ्ना कार्यक्रममा खन्डन गर्दै आएका छन ।केहि दिन अघि सम्पन्न भएको एमालेको पार्टि प्रवेश कार्यक्रममा पुर्व मन्त्री प्रदिप यादवले पर्साको ४क्षेत्रमा एमाललाई जिताउने ठोकुवा गरेका छन ।
यहा शुसिल साहकानु पनि पर्सा एकबाट रास्वपाका उम्मेदवार हरि पन्थ अत्याधिक मतले बिजयी हुने बताउदै आएका छन ।
पर्सा–२ मा प्रदीप यादवको व्यक्तिगत जनमत राम्रो रहेको मानिन्छ । पूर्व मन्त्रीका रूपमा स्थापित राजनीतिक पकड र संगठनात्मक प्रभावले चुनावी समीकरणलाई थप रोचक बनाएको विश्लेषकहरू बताउँछन् । यता प्रदिप यावदसंगै बीरगन्ज महानगरका मेयर राजेशमान सिह एमालेमा प्रवेश गरेसंगै वर्तमान र पुर्व मेयर बिजय सरावगी एमालेमा ‘एक म्यानमा दुई तलवार’ को अवस्था छ ।जसले गर्दा आन्तरिक शक्ति सन्तुलन चुनावको अन्तिम दुइ रात्रीमा कत्ता जाने हो त्यो चुनावी परिणामले देखाउने निश्चित छ ।
यस अवस्थाले प्रदीप यादव र सुशील साह कानु दुवैको चुनावी रणनीति परीक्षण र शंकाको घेरामा छ। समर्थकहरूका अनुसार अबको चुनाव केवल दलगत प्रतिस्पर्धा मात्र होइन, विश्वास र पारदर्शिताको परीक्षा पनि हो।
पर्सा–२ मा उम्मेदवारहरूको व्यक्तिगत सम्बन्ध, दलगत रणनीति र कार्यकर्ताको विश्वासबीचको सन्तुलन नै अन्तिम परिणाम निर्धारण गर्ने मुख्य कारक बन्न सक्ने देखिएको छ । पर्सा–२ मा तीन फरक राजनीतिक धार र पृष्ठभूमिका उम्मेदवारबीचको प्रतिस्पर्धाले यस क्षेत्रको निर्वाचनलाई रोचक र निर्णायक बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
अनिल तिवारी