शीर्षकहरू

ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ सर्भिसेज’ मा ५० प्रतिशतसम्म छुट

ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ सर्भिसेज’ मा ५० प्रतिशतसम्म छुट

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज’ सँग आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट प्रदान गरिने विभिन्न सफाइ तथा सम्बन्धित सेवामा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थलका लागि व्यावसायिक दक्षतासहित गुणस्तरीय सफाइ सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकका अनुसार ग्राहकहरूले सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, बेडबगसहितको किरा नियन्त्रण सेवा, एसी सर्भिसिङलगायत सेवामा सहुलियत प्राप्त गर्नेछन्।

संस्थागत सुशासनलाई प्राथमिकता दिँदै आएको बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सक्रिय योगदान गर्दै आएको जनाएको छ। आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गरेको बैंकको दाबी छ।

नवजात शिशुको अकाल मृत्यु न्यूनीकरण र जीवनरक्षा अभियानअन्तर्गत ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न योगदान पुगेको बैंकले उल्लेख गरेको छ। यस्तै, गत आर्थिक वर्षमा बैंकले कर शीर्षकमा ४१ करोड रुपैयाँ राजस्व योगदान गरेको जनाएको छ।

हाल बैंकले उपत्यका तथा बाहिरी जिल्लासहित ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।