शीर्षकहरू

प्रविधिको विकाससँगै भैरहवामा लोडबोर्ड सुचारु, यातायात व्यवसायीलाई सहज हुने अपेक्षा

प्रविधिको विकाससँगै भैरहवामा लोडबोर्ड सुचारु, यातायात व्यवसायीलाई सहज हुने अपेक्षा

रूपन्देही। प्रविधिको तीव्र विकाससँगै विभिन्न क्षेत्रहरूमा डिजिटल प्रणालीको प्रयोग बढ्दै गएको छ। यही क्रममा सार्वजनिक सूचना, कार्यालय तथा यातायात क्षेत्रमा प्रयोग हुने ‘लोडबोर्ड’ प्रणाली पनि अहिले प्रविधिमैत्री बन्दै सुचारु रूपमा सञ्चालन हुन थालेको छ।

पहिले म्यानुअल रूपमा सूचना टाँस्ने वा कागजी माध्यम प्रयोग गर्ने चलन थियो भने अहिले डिजिटल डिस्प्ले बोर्डमार्फत सूचना, समयतालिका, नतिजा तथा अन्य सन्देशहरू छिटो र प्रभावकारी रूपमा प्रवाह गरिँदै आएको छ।

यातायात क्षेत्रमा पनि सहज रूपमा व्यवस्थापन गर्नको लागि रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर २ मा लोडबोर्डको कार्यालय स्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै लोड बोर्डका अध्यक्ष श्रीमान कार्कीले डिजिटल लोडबोर्डले सूचना सम्प्रेषणलाई सहज, छरितो र पारदर्शी बनाएको बताउँदै सेवाग्राही र सेवा प्रदायक निकायबीच सहज हुने विश्वास व्यक्त गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्का महासचिव राजेन्द्रविक्रम बानियाले यातायात व्यवसायीलाई सहज हुने उद्देश्यले लोडबोर्डको स्थापना भैरहवामा गरिएको उल्लेख गरे । 

उक्त कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रूपन्देहीका अध्यक्ष रुमाखर गौतमले यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न र एकै ठाउँबाट सहज ढङ्गबाट चालन गर्न यो सफ्टवेयरले सहयोग गर्ने बताए।

यसरी प्रविधिको विकाससँगै लोडबोर्ड प्रणाली सुचारु र व्यवस्थित बन्दै जाँदा सूचना प्रवाहको परम्परागत शैलीमा ठूलो परिवर्तन आएको देखिन्छ। आगामी दिनमा अझ उन्नत प्रविधि प्रयोग भएसँगै यस्तो प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।