शीर्षकहरू

माया खोला हाईड्रोपावर र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्झौता

माया खोला हाईड्रोपावर र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्झौता

काठमाडौं। माया खोला हाईड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता आज सम्पन्न भएको छ।

सम्झौतामा माया खोला हाईड्रोपावरका कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले माया खोला हाईड्रोपावरको १ करोड कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने कार्य गर्दै अनुमति पश्चात बिक्री प्रबन्धकको जिम्मेवारी पनि सम्हाल्नेछ।

माया खोला हाईड्रोपावर लिमिटेडको स्थापना २०६७ सालमा प्रा.लि.को रूपमा भएको थियो भने २०७३ सालमा लिमिटेडमा रूपान्तरण भएको हो। कम्पनीले संखुवासभा जिल्लामा १४.९ मे.वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनाको निर्माण गरी २०८० असारदेखि विद्युत उत्पादन गर्दै नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ।

कम्पनीले सर्वसाधारणलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो।