काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडकाे आइपीओमा २५.१० गुणा बढी आवेदन परेकाे छ । माघ २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन फागुन ४ गते साँझासम्म २५.१० गुणा बढी आवेदन परेकाे सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
सीडीएसका अनुसार कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेका थियाे । जसमा २६ लाख ६३ हजार ५५७ जनाले २ कराेड ९६ लाख ३७ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले जारी पूँजीको २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
कम्पनीको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालनमा आइसकेको छ।
आर्थिकन्यूज