काठमाडौं । नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । जसअनुसार नेपाल बैंकका ग्राहकहरू, कर्मचारीहरु र कर्मचारीका परिवारले काठमाडौं नयाँ बानेश्वरमा रहेको सो अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा छुट पाउने छन् ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटलको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका हुन् ।
आर्थिकन्यूज