शीर्षकहरू

होटल ईष्टर्न नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

होटल ईष्टर्न नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । होटल ईष्टर्न नेपाल लिमिटेडको आईपीओ शेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । क्यपिटल र कम्पनीबीच यस सम्बन्धमा सम्झौता भएको छ । 

होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्ध पत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनको अधीनमा रही भविष्यमा सर्वसाधारणहरूमा प्राथमिक शेयर निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो । 

होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपाल यही मिति २०८३ साल जेठ भित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृया अगाडि बढाएको छ ।