कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ।
सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता भएकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो। अदालतले सर्वोच्चको आदेश आएपछि मात्र निर्णय हुने स्पष्ट पारेको छ।
यसअघि रूपन्देही अदालतले पनि लामिछाने विरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेसहित प्रतिवादी रहेको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो।
लामिछाने विरुद्ध रूपन्देहीसँगै कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएका छन्।
आर्थिकन्यूज