शीर्षकहरू

सुपर खुदी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

सुपर खुदी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (फागुन ५ गते, मंगलबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरिसकेको छ।  

अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।  

(न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।  निष्काशन बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते हुनेछ।  ( आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।  

केयर रेटिङ नेपालले कम्पनीलाई डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।  कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २७ वर्ष ५ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ७।२१ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।  

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।   यस आईपीओले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र अब सर्वसाधारण लगानीकर्तालाई समेत सहभागी गराउँदै व्यापक लगानी अवसर प्रदान गरेको छ।