काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत ४ लाख ८८ हजार ३०९ कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर आजदेखि बिक्री खुला गरेको जनाएको छ।
बैंकका अनुसार सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले लाजिम्पाटस्थित बैंकको सेयर शाखामा आफूले खरिद गर्न चाहेको संख्या र प्रस्तावित दर उल्लेख गरी निवेदन दिनुपर्नेछ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
आर्थिकन्यूज