काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढी तरलता भएको कारण फागुन ५ गते ८९ दिनका लागि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रक्रियामार्फत बैंक र वित्तीय संस्थाबाट प्रस्ताव माग गरेको छ ।
बोलकबोलमा सहभागी बैंकले १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको हिस्सा प्रस्ताव गर्न सक्नेछन्। निक्षेप संकलनको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था छ। बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राख्दै आह्वान रकमसम्म क्रमशः वितरण गरिने केन्द्रीय बैंकले जनाएको छ।
साँवा र ब्याज भुक्तानी २०८३ जेठ ३ गते हुने व्यवस्था गरिएको छ। यस निक्षेप संकलनको उद्देश्य बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन गर्नु र वित्तीय स्थायित्व कायम गर्नु हो।
आर्थिकन्यूज