काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरिएको बोनस सेयर मंगलबार नेप्सेमा सूचीकरण गरिएको हो।
सूचीकरण हुनेमा कृषि विकास बैंक लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र शिवम् सिमेन्ट्स लिमिटेड रहेका छन्।
कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले सेयरधनीलाई ३.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो।
शिवम् सिमेन्ट्सको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ। कम्पनीले सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
नेप्सेले सूचीकृत बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिने जनाएको छ।
आर्थिकन्यूज