काठमाडौं । मुम्बईको वानखेडे मैदानमा भएको आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत चौथो खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ।
दीपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक ५१ प्रहार गर्दै नेपाललाई जित दिलाए। कुशल भुर्तेलले ४३ र आसिफ शेख ३३ ले उत्कृष्ट सुरुवात दिलाए। त्यस्तै, नेपालले १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डका माइकल लिस्कले ३ विकेट लिए।
बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट, नन्दन यादवले २ विकेट, र कप्तान रोहित पौडेल तथा कुशल भुर्तेलले १–१ विकेट लिए। यसअघि २०१४ मा हङकङ र अफगानिस्तानलाई हराएको नेपालले त्यसयता लगातार ६ खेलमा हार बेहोरेको थियो। यसपटक समूह चरणबाट बाहिरिए पनि अन्तिम खेलमा जित निकाल्दै नेपालले सुखद अन्त्य गरेको छ।
आर्थिकन्यूज