काठमाडौं । लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेङ्गले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ।
स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले यो मेनु सुरु गरिएको हो। साके एन्ड फेङ्ग पान–एशियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो, जसले इनडोर–आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रूम, कराओके रूम तथा रूफटप स्पेसजस्ता सुविधा प्रदान गर्दै आएको छ। नेवारी संस्कृति परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजाका लागि प्रसिद्ध छ। यसको स्वाद, मसला र पकाउने शैलीले परिकारलाई विशेष बनाउँछ।
अब ग्राहकहरूले पान–एशियन फाइन डाइनिङसँगै मौलिक नेवारी स्वादको पनि आनन्द लिन सक्नेछन्। रेस्टुरेन्टले गुणस्तरीय सामग्री, परम्परागत विधि र उत्कृष्ट प्रस्तुतीकरणमार्फत नेवारी भोजनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।
आर्थिकन्यूज