शीर्षकहरू

विदेश पाठाइदिने भन्दै ४४ लाख ठगी गर्ने ३ जना पक्राउ

विदेश पाठाइदिने भन्दै ४४ लाख ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार रुपैयाँ ठगी गर्ने पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले उपत्यकाबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेको कार्कीले बताए ।

‘पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’, कार्कीले भने ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए ।