काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फेब्रुअरी महिनाभरि टाटा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।
फेब्रुअरी महिनाभरि पन्च.इभी खरिद गर्ने ग्राहकहरूले भविष्यमा गाडी साट्दा ७० प्रतिशत रिसेल ग्यारेन्टेड पाउने कम्पनीले जनाएको छ। यसले ग्राहकमा गाडी खरिदमा थप आत्मविश्वास जगाउने अपेक्षा गरिएको छ।
सिप्रदीका अनुसार, पन्च.इभी खरिद गरेपछि त्यसको उचित मूल्य सुनिश्चित गर्न कम्पनीले यो उच्च रिसेल भ्यालुको सुविधा उपलब्ध गराएको हो। योजना नेपालभरका टाटा शो रुमहरूमा लागू हुनेछन् र ग्राहकले विस्तृत जानकारी त्यहाँ प्राप्त गर्न सक्नेछन्।
अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको पन्च।इभी नेपाली सडक परिस्थितिका लागि उपयुक्त रहेको भन्दै कम्पनीले यसलाई ग्राहकहरू माझ लोकप्रिय भएको जनाएको छ। फेब्रुअरी महिनाभित्र खरिद गरेमा भविष्यमा उचित मूल्य प्राप्त हुने हुँदा ग्राहकहरूले आर्थिक लाभ लिन सक्ने विश्वास सिप्रदीले व्यक्त गरेको छ।
आर्थिकन्यूज