काठमाडौं । एनसेलले फुडमान्डुसँग सहकार्य गर्दै नयाँ विशेष छुट अफर सुरु गरेको छ। यस अफरअन्तर्गत एनसेलका ग्राहकहरूले फुडमान्डुमा खाना अर्डर गर्दा रु १५० छुट पाउनेछन्।
अफर फागुन ५ देखि लागू भएको हो। रु ९९ वा सोभन्दा बढी मूल्यका एनसेल प्याक खरिद गर्ने ग्राहकले छुट कुपन प्राप्त गर्नेछन्। कुपन फुडमान्डुमा रु १,००० वा सोभन्दा बढी मूल्यका अर्डरमा प्रयोग गर्न सकिन्छ।
डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्दा कुपन एसएमएसमार्फत पठाइनेछ। एकभन्दा बढी प्याक खरिद गर्दा त्यही अनुसार धेरै छुट कुपन प्राप्त गर्न सकिन्छ। कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहनेछ।
एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले यो सहकार्य नेपालकै दूरसञ्चार क्षेत्रमा पहिलो भएको उल्लेख गर्दै ग्राहकलाई दूरसञ्चार सेवासँगै जीवनशैलीमा अतिरिक्त सुविधा दिने उद्देश्य रहेको बताए।
फुडमान्डुले हाल काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा सेवा विस्तार गरिरहेको छ, जसले यो अफरलाई प्रमुख सहरका ग्राहकका लागि अझ आकर्षक बनाएको छ।
आर्थिकन्यूज