शीर्षकहरू

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौँ । स्कोडाले आफ्नो एसयुभी कायलाकलाई नेपालको कठिनतम सडक मार्गहरू मनाङ, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ। यी क्षेत्रहरू ठाडो उकालो–ओरालो, बिग्रिएका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण चालकहरूका लागि चुनौतीपूर्ण मानिन्छन्।  

परीक्षणले कायलाकको बलियो पावर डेलिभरी र भरपर्दो ट्र्याक्सन देखाएको छ । जसले कठिन उकालोहरू सहज पार गर्न मद्दत गर्‍यो।   मनाङमा हिमालको शान्त वातावरणबीच उचाइ बढ्दै जाँदा आत्मविश्वास दिलाएको अनुभव गरिएको छ।  

ढोरपाटनका चिसा र एकान्त सडकमा सहज इन्जिन स्टार्टले सान्त्वना दिएको छ।  तीनजुरेमा कुहिरोले बाटो धमिलो हुँदा पनि स्थिर नियन्त्रणले हिचकिचाहटलाई आत्मविश्वासमा रूपान्तरण गरेको छ।  

हिमालय टिभीको द फ्याब शो कार्यक्रममा ट्राभल भ्लगर मनिष रुचालले भने, “ढोरपाटनका चुनौतीपूर्ण सडकमा पनि हाम्रो आत्मविश्वास कहिल्यै डगमगाएन। गाडीको टर्क र पावरले हरेक अवरोध सहजै पार गर्‍यो।”

स्कोडाको युरोपेली इन्जिनियरिङमा निर्मित कायलाकले स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र अनिश्चित सडक अवस्थामा पनि निरन्तर प्रदर्शन गर्ने क्षमता देखाएको छ।  यसमा प्रयोग गरिएको “रियल अटोमेटिक” टर्क कन्भर्टर प्रणालीले गियर परिवर्तनलाई सहज बनाउँदै सहरको ट्राफिकमा आरामदायी अनुभव र राजमार्ग तथा उकालोमा स्थिर एक्सेलेरेशन सुनिश्चित गरेको छ।  

Power for the Peaks” ट्यागलाइनसहित प्रस्तुत स्कोडा कायलाक नेपाली सडकका कठिन यात्रादेखि दैनिक ड्राइभसम्मका लागि तयार अटोमेटिक एसयुभीको रूपमा स्थापित हुँदै गएको छ।