काठमाडौँ । TVS NTORQ 125 ले नेपालमा १.५ लाख (150,000) प्रयोगकर्ता पार गर्दै दुई–पाङ्ग्रे बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसले NTORQ लाई नेपालको सबैभन्दा लोकप्रिय प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा स्थापित गरेको छ।
यो उपलब्धि मनाउन जगदम्बा मोटर्स (शंकर ग्रुप)ले देशभरका अधिकृत TVS शोरूमहरूमा ‘150K Celebration’ आयोजना गर्यो। कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर तथा स्कुटरप्रेमीहरूको सक्रिय सहभागिता रह्यो।
१.५ लाख प्रयोगकर्ता पार गर्नु केवल बिक्री अंक मात्र नभई नेपाली सडकमा NTORQ स्कुटरप्रति रहेको भरोसा र लोकप्रियताको प्रमाण भएको कम्पनीले जनाएको छ। NTORQ लञ्चदेखि नै आफ्नो रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषताका कारण युवावर्ग र शहरी कम्युटरबीच प्रमुख रोजाइ बनेको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “१.५ लाख राइडरको माइलस्टोन बिक्री उपलब्धि मात्र होइन; यो नेपाली ग्राहकहरूको भरोसा र हाम्रो देशव्यापी डिलर तथा सेवा नेटवर्कको समर्पणको प्रतिफल हो।” देशभरका ग्राहकहरूले आज आफ्नो नजिकको TVS शोरूममा आयोजित विशेष गतिविधिहरूसहितको इन–शोरूम सेलेब्रेशनमा सहभागिता जनाउँदै यो ऐतिहासिक क्षणलाई मनाए।
आर्थिकन्यूज