काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ४ हजार ३०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार हिजो बुधबार तोलाको ३ लाख ४०० रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख ४ हजार ७०० रुपैयाँमा उक्लिएको छ ।
चाँदी मूल्य तोलाको १८० रूपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ ।
आर्थिकन्यूज