काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएकाे छ। काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।
'समृद्ध नेपाल, सुखी नेपाली' मूल नारा सहित एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेका हाे ।
एमाले नेतृत्व सरकारले के गऱ्यो ? अब के गर्न चाहन्छ ? लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।
यी हुन् चुनावी घोषणापत्रका ५ प्राथमिकता
-लोकतन्त्र, संविधान, कानुनको सर्वोच्चता र सुशासन,
-विकास निर्माण,
-स्वदेशमै पर्याप्त रोजगारी र एक दशभित्र समुन्नत राष्ट्र बनाउने,
-मैत्रीपूर्ण विदेश सम्बन्ध,
-सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र आवासको ग्यारेन्टी ।
आर्थिकन्यूज