शीर्षकहरू

बालाजु प्रहरी परिसर निर्माणमा सन नेपाल लाइफको १० लाख सहयोग

बालाजु प्रहरी परिसर निर्माणमा सन नेपाल लाइफको १० लाख सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक उत्तरदायित्वअन्तर्गत बालाजु प्रहरी परिसरको भवन निर्माणका लागि १० लाख रुपैयाँ बराबरको निर्माण सामग्री सहयोग गरेको छ।

आयोजित हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली तथा आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।

बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिका अध्यक्ष शिवभक्त रञ्जित, कोषाध्यक्ष बेदप्रसाद पौडेल तथा प्रहरी नायब उपरीक्षक यललाल बन्जाडेले सहयोग ग्रहण गरेका थिए।

कम्पनीले सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित संस्थाको भौतिक पूर्वाधार सुदृढ बनाउन सहयोग गरिएको जनाएको छ। वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरण पनि सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्ष भएको कम्पनीका प्रतिनिधिले बताएका छन्।

बालाजु प्रहरी कार्यालयका प्रमुखले निजी क्षेत्रको यस्तो सहयोगले सेवा प्रवाह प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सन नेपाल लाइफले स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधारलगायत क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा छन्।