शीर्षकहरू

लघुवित्तको नाफा ८९ प्रतिशतले बढ्यो, १४ संस्थाको १०० प्रतिशत माथि, कुनको कति ?

४ संस्थाको नाफा ५०० प्रतिशत धेरैले वृद्धि, १४ संस्थाको १०० प्रतिशत माथि, २५ को नाफा ५० प्रतिशत वृद्धि

लघुवित्तको नाफा ८९ प्रतिशतले बढ्यो, १४ संस्थाको १०० प्रतिशत माथि, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा लघुवित्त संस्थाहरुको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । लघुवित्तहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तहरुको खुद नाफा ८९ प्रतिशतले वृद्धि भएको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म लघुवित्त संस्थाहरुले ४७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा २५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । यस अवधिमा केही संस्थाहरूको नाफा व्यापक रुपमा वृद्धि भएको छ । 

१४ संस्थाको नाफा १०० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । यसैगरी, ४ संस्थाको नाफा ५०० प्रतिशत बढीले वृद्धि हुँदा २ संस्थाको नाफा एक हजार प्रतिशत बढीले वृद्धि भएको छ । एक कम्पनीको नाफा २ हजार प्रतिशत बढीले वृद्धि भएको विवरणमा उल्लेख छ । २५ कम्पनीको नाफा ५० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । 

जहाँ फरवार्ड माइक्रो फाइनान्स कम्पनीको खुद नाफा २ हजार ६० प्रतिशतले वृद्ध हुँदा अभियान लघुवित्तको नाफा १ हजार ९४३ प्रतिशतले बढ्दा मानुसी लघुवित्तको ७९९ प्रतिशत र माहुली लघुवित्तको नाफा ६८१ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी, धौलागिरि लघुवित्तको ४८७ प्रतिशत, आशा लघुवित्तको ४३१, एनआईसी एशिया लघुवित्तको ३४६, आत्मनिर्भर लघुवित्तको २६१, उन्नती सहकारी लघुवित्तको २२९, सुर्याेदय वमी लघुवित्तको २१२, एनएमबी लघुवित्तको १९५, नादीप लघुवित्तको १२६, स्ववलम्बन लघुवित्तको ११३ र सपोर्ट लघुवित्तको खुद नाफा १०४ प्रतिशतले बढेको छ । 

कुन कम्पनीको नाफा कति ?

यस अवधिमा सबैभन्दा धेरै खुद नाफा छिमेक लघुवित्त वित्तीय संस्थाको रहेको छ । यस संस्थाले ५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्दा डिप्रोक्स लघुवित्तले ४ करोड ४२ लाख, जीवन विकास लघुवित्तले ३ करोड ८९ लाख, साना किसान लघुवित्तले ३ करोड ८० लाख, नेशनल लघुवित्तले ३ करोड ६६ लाख, ग्रामिण विकास लघुवित्तले २ करोड १९ लाख, फरवार्थ माइक्रोफाइनान्सले १ करोड ९१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यसैगरी, स्ववलम्बनको नाफा १ करोड ७२ लाख, स्वरोजगार लघुवित्तको १ करोड २७ लाख, आशाको १ करोड २५ लाख, निर्धान उत्थान लघुवित्तको १ करोड १९ लाख, सूर्याेदय वमीले १ करोड १७ लाख र ग्लोबल आइएमई लघुवित्तले १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

nullnullnull