काठमाडौं । यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” सञ्चालन गर्दै देशभर प्रेम र खुसी बाँडेको छ। सातै प्रदेशमा आयोजित यस अभियानले यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई अझ मजबुत बनाएको छ।
नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई कस्टमाइज्ड चकलेट प्रदान गरिएको थियो। शोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरी ग्राहकलाई विशेष अनुभव दिलाइएको थियो। राष्ट्रव्यापी फोटोबुथ प्रतियोगितामा सहभागी ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक विजेता चयन गरी विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो। ्
ग्रान्ड प्राइज विजेता देवराज स्याङ्बोले काठमाडौंस्थित प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जितेका छन्। यस अभियानसँगै यामाहाले प्रमुख सहरका मलहरूमा हाइ–इनर्जी एक्टिभेसन कार्यक्रम पनि आयोजना गर्यो। बानेश्वरस्थित आइप्लेक्स मल र सामाखुसीस्थित सिटी स्क्वायर मलमा इन्टरएक्टिभ पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ तथा इन्स्ट्यान्ट गिफ्ट ह्याम्पर जस्ता गतिविधिहरूले युवादेखि परिवारसम्म सबैलाई आकर्षित गरे।
यामाहा नेपालले “मायासँग मायाको यात्रा” अभियानमार्फत प्रेम, मनोरञ्जन र ग्राहक सम्मानलाई एउटै उत्सवमा समेट्दै देशभरका समुदायसँग ब्रान्डको सम्बन्ध अझ सुदृढ बनाएको छ।
एमएडब्लू राइड्स प्रा। लि। अन्तर्गत सञ्चालित यामाहा नेपालले जापानी प्रविधि र आकर्षक डिजाइनका विश्वस्तरीय दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराउँदै आएको छ। कम्पनीले देशव्यापी डिलर नेटवर्कमार्फत ८८उन्नत प्रविधि, चालक–केन्द्रित सुरक्षा तथा भरपर्दो आफ्टर–सेल्स सपोर्ट८८ प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
आर्थिकन्यूज