शीर्षकहरू

एनआइबिएल इक्विटीको बोर्ड सल्लाहकारमा उपेन्द्र पौड्याल नियुक्त

एनआइबिएल इक्विटीको बोर्ड सल्लाहकारमा उपेन्द्र पौड्याल नियुक्त

काठमाडौं । एनआइबिएल इक्विटी पार्टनर्सले उपेन्द्र पौड्याललाई आफ्नो बोर्ड सल्लाहकार सदस्यको रूपमा नियुक्त गरेको छ। यस नियुक्तिले संस्थाको रणनीतिक नेतृत्व सुदृढ हुने र दिगो बैंकिङ तथा वित्तीय प्रतिबद्धतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

४० वर्षभन्दा लामो अनुभव समेटेका पौड्यालले वाणिज्य बैंकिङ, लगानी बैंकिङ र दिगो वित्त क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। उनले पहिले नबिल बैंकको अध्यक्षको रूपमा काम गरेका थिए भने एनएमबि बैंकमा १७ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व सम्हालेका छन्।

उनको नेतृत्वमा यी संस्थाहरूले सुशासन, जोखिम व्यवस्थापन र दिगो बैंकिङ अभ्यासमा उल्लेखनीय प्रगति हासिल गरेका थिए। पौड्यालले वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा बैंकिङ विशेषज्ञको रूपमा पनि योगदान दिएका छन्।

​​​​​​