शीर्षकहरू

इन्फिनिक्स नेपालको सेल-आउट २०२५ मा १३ प्रतिशतले वृद्धि

इन्फिनिक्स नेपालको सेल-आउट २०२५ मा १३ प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०२६ को सुरुवातसँगै इन्फिनिक्स नेपालले सन् २०२५ मा हासिल गरेको उपलब्धिलाई गर्वका साथ सार्वजनिक गरेको छ । गत वर्ष ब्रान्डले सेल–आउटमा १३ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै देशभरका बजारमा माग र खुद्रा कारोबार दुवैलाई मजबुत बनाएको छ ।

यसै क्रममा कम्पनीले उत्पादन आपूर्ति ३५ प्रतिशतले बढाउँदै केन्द्रीय, पश्चिमी र पूर्वी क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गरेको छ । यसले बजारमा फोनको उपलब्धता बढाउनुका साथै बढ्दो मागलाई छिटो र प्रभावकारी रूपमा पूरा गर्न सहयोग गरेको छ ।

सन् २०२५ का प्रमुख उपलब्धिहरू यसप्रकार गरेको छ । जसमा खुद्रा बजारमा राम्रो गतिमा स्टोरस्तरमा बिक्री प्रक्रिया बलियो र ग्राहकसँगको सम्पर्क अझ प्रभावकारी बनाएको छ ।

वितरण सञ्जाल विस्तारमा राष्ट्रिय तथा क्षेत्रीय वितरकहरूसँग सहकार्य थप मजबुत बनाएको कम्पनीले जनाएको छ । उपभोक्ता विश्वासमा वृद्धिमा युवामैत्री, उच्च प्रदर्शन दिने स्मार्टफोनप्रति आकर्षण बढ्दो रहेको कम्पनीको भनाई छ ।

इन्फिनिक्स नेपालको सन् २०२५ को नतिजाले हाम्रो स्पष्ट लक्ष्य र अनुशासित कार्यशैली देखाउँछ,” कम्पनीको कन्ट्री म्यानेजर पियुष गिरीले भने, “हामीले बजारमा फोन उपलब्ध गराउनु मात्रै होइन, हरेक स्टोरमा बिक्रीको गुणस्तर र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिनेलाई पनि प्राथमिकता दिएका छौँ । यही गतिले सन् २०२६ का लागि बलियो आधार तयार गरेको छ ।”

सन् २०२५ भरि इन्फिनिक्सले विशेष रूपमा चार क्षेत्रमा ध्यान दिएको थियो । जसमा बजारमा छिटो सक्रियता, डिलर र रिटेल पार्टनरलाई थप सहयोग, युवालाई लक्षित ब्रान्ड र उत्पादन प्रस्तुति र गेमिङ र उच्च प्रदर्शन केन्द्रित स्मार्टफोन विकास भएको कम्पनीको भनाई छ ।

सन् २०२६ सुरु भएसँगै इन्फिनिक्स नेपालले बिक्रीको गतिलाई अझ तीव्र बनाउने, बजार कभरेजलाई अझ व्यवस्थित गर्ने र नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय र किफायती प्रविधि निरन्तर उपलब्ध गराउने लक्ष्य लिएको छ ।