शीर्षकहरू

‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक २०२६ चैत २ देखि ८ सम्म मनाइने

‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक २०२६ चैत २ देखि ८ सम्म मनाइने

काठमाडौं। बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्लोबल मनी विक २०२६’ आगामी चैत २ देखि ८ (मार्च १६–२२) सम्म मनाइने भएको छ। ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइने यो अभियानको राष्ट्रिय संयोजन नेपाल राष्ट्र बैंक ले गर्ने जनाएको छ।

विश्वव्यापी रूपमा सन् २०१२ देखि सञ्चालन हुँदै आएको यस अभियानको संयोजन आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले गर्दै आएको छ। हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवासम्म वित्तीय चेतनामूलक कार्यक्रम पुगेको जनाइएको छ।

नेपालमा वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पूँजीबजारसँग सम्बन्धित निकाय तथा अन्य सरोकारवाला संस्थाको सक्रिय सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ। राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था तथा निकायलाई अभियानमा सहभागी भई कार्यक्रम भव्य रूपमा मनाउन आह्वान गरेको छ।

आफ्ना कार्यक्रमहरूको विवरण राष्ट्र बैंकको गभर्नर कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाको इमेल ([email protected] मा पठाउन अनुरोध गरिएको छ। 

null