विरगंज। बुढ्यौलीले कमजोर बन्दै गएका केपी ओलीमा यसपटक पुराना कम्युनिस्ट सिद्धान्तवादी कार्यकर्ताभन्दा नवप्रवेशीप्रति बढी चुनावी आशा देखिएको छ। राजधानी काठमाडौं र गृहजिल्ला झापा बाहेक स्वास्थ्य अवस्थाका कारण अन्य क्षेत्रमा सक्रिय रूपमा पुग्न नसकेका ओलीले प्रचार रणनीतिमा परिवर्तन गरेको संकेत मिल्छ।
परम्परागत संगठनात्मक आधारभन्दा नयाँ अनुहार र हालै पार्टीमा प्रवेश गरेका समूहको उत्साहलाई उनले चुनावी ऊर्जा बनाउने प्रयास गरेका छन्। बदलिँदो राजनीतिक परिवेशमा मतदाताको मनोविज्ञान पनि फेरिएको छ। त्यसैले ओलीले अनुभवभन्दा विस्तारलाई प्राथमिकता दिएको देखिन्छ। पुराना संरचनाभन्दा नवप्रवेशीको समर्थनका आधारमा निर्वाचन जित्ने रणनीति उनको मुख्य दाउ बनेको चर्चा छ।
लामो राजनीतिक संघर्ष, संगठन निर्माण र लोकतान्त्रिक अभ्यासमार्फत वामपन्थी आन्दोलनलाई सशक्त बनाउने इतिहास बोकेको पार्टी हो, नेपाल कम्युनिष्ट पार्टी (एमाले)। तर केपी ओलीको हठवादी रवैयाका कारण पुष्पकमल दाहालसंगै ‘प्रचण्ड’, माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालसहित जनतामा नेपाल कम्युनिष्ट पार्टिमा लागे पछि राम्रो पकड भएका पर्साका धेरै नेताहरु एमालेबाट अलग भइसकेका छन् । बाँकी नेतृत्वमाथि पर्सामा “झोले” सावित भएको आरोप लाग्दै आएको छ । यही असन्तुष्टिको पृष्ठभूमिमा एक पूर्व केन्द्रीय सदस्यले विद्रोह गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जसले गर्दाले पर्सा क्षेत्र नं. १ र २ मा एमालेलाई व्यापक क्षति पुगेको चुनावी चर्चा तीव्र बनेको छ ।
पर्साको पुराना र निष्ठावान नेता तथा कार्यकर्ता भन्दा पनि पार्टीले योपाली प्रतिनिधि सभा सदस्याको निर्वाचनमा नवप्रवेशीलाई ह्दयदेखि अगांलेर उम्मेदवार बनाएको छ । पर्सा जिल्लामा पार्टीको यो इतिहास निर्माणमा सहभागि भएका पार्टीका नेता कार्याकर्तालाइ यहाँ उम्मेदवारको रुपमा प्रस्तुत नसकेपछि विश्वासको ठुलो खाडल उत्पन्न भएको विश्लेषण गर्न थालिएको छ । जेनजी आन्दोलनपछि हतारमा (समय अगावै) महाधिवेशन गरेर केपी ओलीले आफ्नो असुरक्षा व्यवस्थापन गर्दै पार्टीभित्र आफ्नो पकडलाई स्थापित बनाएका छन ।
तर अब यो पार्टी भने आगामी संसदमा पुरानो हैसियतमा जोगिने सम्भावना सकिएको पार्टीकै नेता कार्यकर्ताले भन्न थालेका छन् ।यसो त ओलीले चुनाव पछि एमाले नै ठुलो पार्टि हुने चानावी दावी गर्दै छन ।
पर्सा जिल्लामा उम्मेदवार चयनमा देखिएको बाहरियामोहले यो चुनाव एमालेको लागि पर्सामा फलामाको च्युरा चपाउनु जस्तै बनेको छ । एमालेका पुराना कार्यकर्ता नेता माझ बिश्वास खाडल कमगर्न उम्मेदवारहरुलाई ठुलो चुनौति उत्पन्न भएको विश्लेषण गरिएको छ ।चार दशक देखि चुनावी मैदानमा रहेका दलहरुमध्ये नेपाली काँग्रेस र नेकपा एमाले एक आपसका सबभन्दा पुराना र परस्पर प्रतिस्पर्धी हुन ।जेनजि आन्दोलन पछि रास्वपा पनि ठुलो शक्तिको रुपमा यसपालिको चुनावमा ओर्लीएको छ ।जसलेल गर्दा पर्सामा एमालेको पुराना नेतालाई ‘घर न घाटका’हिन्दि मुहावरा जस्तैको अवस्था उत्पन्न भएको छ ।नेका र एमाले बिचको चारैक्षेत्रका दुई उम्मेदवार चयन हेर्दा आकास पतालको फरक रहेको धेरै कुराले प्रष्ट हुन्छ ।
नेपाली काँग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएका अनिल रुङगटा नेपाल विद्यार्थी संघमा आबद्ध हुदै पार्टीभित्र केन्द्रि सदस्य समेत भइसकेका नेता हनु । पछि पार्टीकैं सक्रिय सदस्य हुदै आबद्धता बरकरार राखेका छन । २०७४ मा पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार भए । २०७९ मा गठबन्धनले गर्दा टिकट नपाएका उनी यसपाली पार्टीबाट बलियो दावेदार भएर टिकट पाए छन् ।
एमालेले टिकट पाउनुभन्दा २४ घण्टा अगाडिसम्म जसपा नेपालमा रहेका प्रदीप यादवलाई एक राती अगाडि टिका मालालगाएर टिकट दिइएर उम्मेदवार बनाइउको छ । नेतायादवलाई मधेस आन्दोलन र नकाबान्दीमा वीरगन्जलाई रक्तरन्जित बनाउ आधा दर्जन मधेसीलाई सहिद बनाउने आलीको कट्टर बिरोधी मान्न गरिन्थ्यो ।
यादव, राप्रपा, फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल, संघीय समाजवादी पाटी र फेरी संघीय समाजवादी पार्टी, नेपाल हुँदै एमाले पसेका हुन । उनी हातमा एमालेको टिकट लिएर पनि सुर्यभन्दा छाता छापमा निर्वाचन लड्न इच्छा रहहेको भन्दै आफ्नो साबिक पार्टीका अध्यक्ष उपेन्द्र यादव कहाँ पैरवी पु¥याईरहे पनि उनलाई यस पटक घनघोर अवसरवादी उम्मेदवार भएको चनावी चर्चा छ ।
अरु क्षेत्रमा पनि एमालेको अवस्था त्यसतै छ । पर्सा २ मा नेका उम्मेदवार रहेका चौरसिया ३ दशक देखि पार्टीको बिभिन्न जिम्मेवारीमा छन् । केन्द्रिय सदस्य भएर पार्टीको यातायात विभाग र मधेश विभागको संयोजकको जिम्मेवारीमा काम गरिसकको छन् । नेका भित्रको मधेसीवादी नेताको रुपमा आलोचना र अवरोध खेप्दै आएका नेता चौरसियाको बैचारिक लडाइसंगै पार्टिप्रतिकोआवद्धता उतिकै भएको बताइन्छ ।उनी निवार्चनको परिणाम हारजित वेहोरे पनि लागातार त्यही पार्टीबाट साँसदमा निर्वाचन लड्दै आएका छन् ।
तर एमालेले पार्टीमा दुइ दिन अगाडिसम्म नामै नसुनिएको र राजनीतिक पृष्टभूमि नभएकी युवती रिमा यादवलाई टिकट दिएको छ । पार्टीभित्र लामो इतिहास भएका महिलाहरु एकातिर टिकट गयो अर्कोतिर । तापनि युवालाई मौका दियो भन्ने यहाँ एउटा आधार छ ।उनलाई पुर्व मेयर बिजय सरावगीले जेनजि उम्मेदवारको रुपमा प्रचार प्रसार गर्दै आएका छन ।
क्षेत्र नम्बर ३ मा काँग्रेसबाट टिकट पाउने पक्का भएको भनेर आफुलाई उम्मेदवारीको एक महिना अघीसम्म चिनाउदै आएका व्यक्ति रुपेश पाण्डेयलाई एमालेले राता रात उम्मदवार बनाएको छ । उम्मेदवारी तिथि घर्किदै जाँदा एमालेमा ठुलो तहका मचाएर एमालेको जिल्ला समितिबाट रुपेस पान्डेले नाम सिफारिस गराए पनि केन्द्रिय समितिले प्रमोद जयसवाललाई टिकट दिए घोषणा गरेपछि पाण्डेयले राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकटको लागी ठुलो अफर गरेको बताइन्छ । तर रास्वपाले चाँसो लिएन । नेका सुरेन्द्र चौधरी प्रति थरुवानमा देखिएको समर्थनबाट हारहुने डरले प्रमोद जयसवालले आफ्नो प्रदेश सभाको पदपनि जाने डरले उम्मेदवारी नदिने अडान पछि रातारात टिकट परिवर्तन भएको जगजाहेर छ ।
जयसवालले टिकट पाएको घोषणा पछि मनोनयनको दुई दिन अगाडि केपी शर्मा ओलीलाई भेंटन खादा माला,खादा लगाएको फोटोलाई पार्टी प्रवेश होइन देखाउनलाई आफै खण्डन लेखे र पर्सा संयोजक प्र्रभु हजराबाट लेख्न लगाए । कारण थियो अन्तिममा आएर उनी रास्वपाको टिकटको लागि न्वारनदेखिको बल लगाइरहेको बेला उक्त तस्विर बाहिरिएको थियो । अन्तिममा भने एमालको टिकट मैं भए पनि निर्दलीय भन्दा पार्टीको उम्मेदवार बन्ने बाटो रोजेर चुनावी मैदामा घुम मचाएका छन ।
नेपाली काँग्रेसले त्यहाँ शुद्ध काँग्रेसीलाई टिकट दिएको छ । नेपाल विद्यार्थीसंघबाट राजनीतिक यात्रा सुरु गरेर पार्टीको केन्द्रिय सदस्य जिल्ला सभापति र पटकट पटक साँसद तथा मन्त्री भएका सुरेन्द्रप्रसाद चौधरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर ४ मा काँग्रेसले यसै गरी विद्यार्थी कालदेखि पार्टीमा आवद्ध भएर राजनीति गरेका पुर्व केन्द्रिय सदस्य, पुर्व साँँसद तथा मन्त्री रमेश रिजाललाई टिकट दिएको छ । यता नेकपा एमालेले भने जालिम मियाँ मन्सुरीलाई मैदानमा उतारेको छ । उसो त मन्सुरी अन्य तीन क्षेत्रका उम्मेदवार भन्दा एमालेमा तुलनात्मक रुपमा पुराना हुन । पार्टीको आन्दोलन र आरोह अवरोहमा सहभागि भएका ‘कैडर’ होइनन । पञ्चायती व्यवस्थामा बन तस्करीको आरोपमा ६ महिना जेल सजाय भोगेका जालिम मिया ०४६ सालको प्रजातन्त्र पाप्ति पछि लामो समय नेपाली काँग्रेसमैं जोडिएका मन्सुरी पछि माओवादी भएका थिए । अन्तमा एमालेमा टिकट लागि नै यसभन्दा अघिल्लो निर्वाचनमा प्रवेश गरेका थिए । यसरी एमाले पर्सामा एक जना पनि एमालेका उम्मेदवार पार्टीका पुराना कार्यकर्ता वा नेता होइनन।
राणा शासनकालमै २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीसम्म एमालेको वैचारिक जरा पुग्छ। पञ्चायती निरंकुश व्यवस्थाका बेला कम्युनिस्ट आन्दोलन भूमिगत रहँदै दमन, गिरफ्तारी र विभाजनको सामना गर्दै अघि बढ्यो। २०४६ सालको जनआन्दोलनमा वामपन्थी शक्तिको निर्णायक भूमिकासँगै बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो। त्यसपछि २०४८ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठन भयो।
एमालेले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को वैचारिक धार प्रस्तुत गर्दै संसदीय राजनीति र जनआन्दोलनलाई सँगसँगै अघि बढायो। २०५१ सालमा पहिलो पटक अल्पमतको सरकारको नेतृत्व गर्दै सामाजिक न्याय, भूमि सुधार र समावेशीताका मुद्दा उठायो।
समयक्रममा आन्तरिक विवाद, विभाजन र पुनःएकताको प्रक्रिया भोग्दै आएको एमालेले २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान निर्माण हुँदा महत्वपूर्ण भूमिका खेलेको थियो। तर आफ्नै नेतृत्वमा सरकार रहँदा भ्रष्टाचार, बेरोजगारी र दण्डहीनताजस्ता विषयमा बढेको जनआक्रोश ‘जेनजी आन्दोलन’का रूपमा विस्फोटित भई निर्वाचित संसद् विघटनसम्म पुग्यो। अहिले चुनावमा पार्टी पंक्तिभन्दा बाहिरबाट उम्मेदवार ल्याएर पर्सामा टिकट दिँदा पुराना नेता–कार्यकर्ताको असन्तुष्टि स्वाभाविक रूपमा बढेको देखिन्छ ।
अनिल तिवारी