शीर्षकहरू

संयुक्त उर्जाद्वारा ४१ करोड ६० लाखको आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

संयुक्त उर्जाद्वारा ४१ करोड ६० लाखको आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

काठमाडौँ । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ। कम्पनीले फागुन ५ गते बोर्डमा आवेदन दर्ता गर्दै आईपीओ निष्काशनको औपचारिक प्रक्रिया अघि बढाएको हो।

कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति मागेको जनाएको छ। प्रस्तावित सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

संयुक्त उर्जा लिमिटेड म्याग्दी जिल्लामा २१.३ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत आयोजना सञ्चालनमा रहेको कम्पनी हो। उक्त आयोजनाले २०८२ भदौ ९ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको कम्पनीले जनाएको छ। जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

कम्पनीले आयोजनाको दीर्घकालीन वित्तीय व्यवस्थापन सुदृढ गर्न र लगानीकर्तालाई सहभागी गराउन आईपीओ निष्काशन गर्न लागेको जनाएको छ।