शीर्षकहरू

बाँके नेपालगन्जको मार्टमा आगलागी नियन्त्रण

बाँके नेपालगन्जको मार्टमा आगलागी नियन्त्रण

नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित वेस्टर्न मार्टमा गएराति आगलागी भएको छ।  आगो राति करिब साढे ७ बजे लागेको थियो।  आगलागी नियन्त्रणका लागि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा खटिएको थियो। 
 
सेनाको टोलीले प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय निकायसँग सहकार्य गर्दै राति साढे ९ बजे आगो नियन्त्रणमा लिन सफलभएको हो।  
आगलागीको यकिन कारण भने अझै खुलिसकेको छैन। घटनाले स्थानीय क्षेत्रमा केही समय त्रास फैलाए पनि सुरक्षाकर्मीहरूको सक्रियताले आगो नियन्त्रणमा ल्याइएको छ।