काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश विद्युत नियमन आयोग बाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज