दाङ । सन नेपाल लाइफले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले आफ्नो घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको छ।
नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्। कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, व्यवस्थित र गुणस्तरीय बीमा सेवा प्रदान गरिनेछ। शाखाबाट पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रिया सम्बन्धी सेवा उपलब्ध हुनेछ।
सन नेपाल लाइफले सेवा विस्तार तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको छ। हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा छन्।
आर्थिकन्यूज