शीर्षकहरू

होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ अनुमति माग्यो

होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ अनुमति माग्यो

काठमाडौं । होटल पार्क ल्यान्डले आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने योजना बनाएको हो।

आईपीओ अन्तर्गत १०० रुपैयाँ अंकित दरमा १५ लाख कित्ता साधारण शेयर निष्कासन गरिनेछ। यसका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

विगत १८ वर्ष देखि आफ्नो कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित यस होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् । यस होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष्य होटलको रहेको छ ।