शीर्षकहरू

संखुवासभामा पूर्वराजदूत डा.अर्जुन कार्कीलाई चुनावी चटारो

संखुवासभामा पूर्वराजदूत डा.अर्जुन कार्कीलाई चुनावी चटारो

संखुवासभा । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा।अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । उनले संखुवासभाको भिरालो बाटोदेखि टार र बजारको छेउसम्म चुनावी घरदैलो गरिरहेका छन् । र्याली र सभा गर्दै किसानका खेतबारीसम्म उनले सक्रियता बढाएका हुन् ।

उनले शिक्षा र सीपलाई उत्पादन, उद्यम र स्थानीय अर्थतन्त्रसँग जोड्ने शिक्षा नीति प्राथमिकतामा राख्दै प्रतिवद्धता पत्र पनि अघि सारेका छन् । आफ्ना १० बुँदे नीतिगत र संरचनागत सुधारमार्फत संखुवासभालाई देशकै केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

उनले ऊर्जा उत्पादन र प्रसारण विस्तार, साना–ठूला जलविद्युत् आयोजनाको प्रभावकारी उपयोग, सीमावर्ती व्यापार नाका सुदृढीकरण, विशेषगरी किमाथाङ्का नाकालाई व्यवस्थित र आधुनिक बनाउने योजना, हिमालसम्म सडक र पूर्वाधार विस्तार गर्दै पर्यटन र व्यापारलाई सँगसँगै अगाडि बढाउने योजना अघि सारेका छन् ।

अरुण उपत्यकादेखि हिमालको काखसम्मका सम्भावनालाई जोड्दै, कृषि, पर्यटन र व्यापारको त्रिकोणीय मोडल विकास गर्ने प्रतिवद्धता पनि जनाएका छन् । पूर्व राजदूत समेत रहेका उनले संखुवासभा केवल भौगोलिक सिमाना होइन, सम्भावनाको ढोका भएको, संखुवासभामा केवल नारा होइन, नीति र सम्भावनाको बहस हुनुपर्नेमा जोड दिएका छन् । यसअघि डा कार्कीले संखुवासभाले नै सिंगो नेपाललाई पाल्नसक्ने योजनासहितको चुनावी संकल्प गरेका थिए ।

‘किन र कसरी पाल्छ संखुवासभाले नेपाल रु’ शिर्षकमा उनले महत्वपूर्ण संकल्प प्रस्ताव अघि सारेका हुन् । ‘मेरो संकल्प, मेरो अनुभव, मेरो जिम्मेवारी’ भन्ने अपील प्रकाशित गर्दै डा।कार्कीले आफ्नो जिल्लालाई ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोलका रुपमा चित्रित गरेका छन् ।

‘संखुवासभा केवल एक जिल्ला मात्रै होइन—ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोल हो। यी स्रोतसाधनको इमान्दार, दीगो र न्यायपूर्ण उपयोग गर्न सके संखुवासभा मात्र होइन, नेपालकै अर्थतन्त्र सुदृढ हुन सक्छ,’ उनले अगाडि भनेका छन्,‘मेरो ३५ वर्षको विकास अनुभव, पूर्वराजदूत ९संयुक्त राज्य अमेरिका०, सार्क तथा अल्प विकसित मुलुकहरुका नागरिक संस्थाहरुको सञ्जालमा २५ वर्षको संयोजन, र राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय मञ्चमा निरन्तर पैरवीका आधारमा मेरो संकल्प आएको हो ।’

१० बुँदामा अघि सारिएको संकल्पमा पूर्वराजदूत समेत रहेको डा।कार्कीले जलविद्युतबाट प्राप्त हुने समृद्धिलाई राष्ट्रिय आम्दानीका रुपमा अघि सारेका छन् । अरुण तेश्रो जल विद्युत आयोजनाबाट स्थानीय हक, शेयर र रोयल्टी सुनिश्चित गराउँदै ऊर्जा निर्यातमार्फत विदेशी मुद्रा आर्जन बढाउन नीतिगत व्यवस्था गर्न गर्न पहल गर्ने उल्लेख गरेका छन् ।