दोलखा । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
पूर्वाधार विकास लामोसाँगु–जिरी सडक स्तरोन्नति, लामाबगर–तिब्बत नाका खोल्ने, सुरुङ मार्ग र रिङरोड अवधारणा राखेका छन। त्यस्तै, जिरी–शैलुङलाई अन्तर्राष्ट्रिय पर्वतीय खेलकुद केन्द्र, कालिञ्चोक–छो रोल्पा–लप्ची एकीकृत गुरुयोजना, फिल्म नगरी निर्माण, भीमसेन–रामायण धार्मिक सर्किट बनाउने योजना छ।
‘एडप्ट अ फार्म’ नीति, डिजिटल कार्ड प्रणाली, म्याग्नेसाइट उत्खनन, जडीबुटी प्रशोधन केन्द्र, चरिकोट अस्पताललाई आधुनिक रिफरल हस्पिटल, आवासीय विद्यालय, आईटी तथा हाइड्रो इन्जिनियरिङ एकेडेमी, स्टार्टअप सपोर्ट, बिना धितो ऋण, जिल्लाभर निस्शुल्क वाइफाइ, ‘पढ्दै कमाउँदै’ कार्यक्रम छन।
‘जनताको पानी, जनताकै लगानी’ अभियान, रोयल्टीको ५० प्रतिशत शिक्षा–स्वास्थ्यमा, माथिल्लो तामाकोशी लागत सार्वजनिक, खिम्तीमा स्थानीयको शेयर, सुरेल–थामी जातिको विकास केन्द्र, सांस्कृतिक ग्राम, खेलकुदका लागि हरियो मैदान र हाइ अल्टिच्युड एकेडेमी बनाउने योजना छ । त्यस्तै, शिवाकोटीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, दोलखालाई बहुआयामिक रूपमा सुदृढ बनाउने र जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने संकल्प दोहोर्याएका छन्।
आर्थिकन्यूज