शीर्षकहरू

आईसीएफसी फाइनान्सको ५० करोडको डिबेञ्चर बिक्री खुला, कति पाइन्छ ब्याज ?

आईसीएफसी फाइनान्सको ५० करोडको डिबेञ्चर बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ निष्काशन गरेको हो।

जारी कुल ५ लाख कित्तामध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइनेछ। सार्वजनिक निष्काशनतर्फको २ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

७ वर्ष अवधिको उक्त डिबेञ्चरमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। इच्छुक लगानीकर्ताले सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि बन्द हुनेछ।

न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले डिबेञ्चर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड बाट माघ २१ गते अनुमति प्राप्त गरेको थियो।