काठमाडौं। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने भएको छ। योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेका छन्।
योजनाअन्तर्गत कुल १० करोड इकाई निष्कासन गरिनेछ। जसमध्ये बीज पूँजीस्वरूप ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिने जनाइएको छ।
प्रथम चरणमा ५ करोड इकाई सार्वजनिक निष्कासनका लागि खुला गरिनेछ। त्यसपछि सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिद–बिक्री खुला गरिनेछ।
लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका कार्यालयमार्फत दिन सकिनेछ।
इकाई बिक्री छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयपछि बन्द हुनेछ। योजना निष्कासनका लागि धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति प्राप्त भएको जनाइएको छ।
आर्थिकन्यूज