काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने भएको छ ।
फागुन १० गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ को लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।
आर्थिकन्यूज