शीर्षकहरू

लघवित्तको औसत नेटवर्थ १८८ रुपैयाँ, ईपीएस कति ?

लघवित्तको औसत नेटवर्थ १८८ रुपैयाँ, ईपीएस कति ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको औसत प्रति शेयर नेटवर्थ १८८.२० रुपैयाँ रहेको भने प्रति शेयर आम्दानी (ईपीएस) औसतमा २४.२५ रुपैयाँ रहेको छ । संस्थाहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार ईपीएस र नेटवर्थको अवस्था यस्तो रहेको हो । 

जहाँ ५ संस्थाको प्रति शेयर नेटवर्थ २५० रुपैयाँ भन्दा धेरै रहेको छ भने १९ कम्पनीको नेटवर्थ २०० रुपैयाँ भन्दा धेरै रहेको छ । आत्मनिर्भर लघुवित्तको प्रतिशेयर नेटवर्थ ३८९.९० रुपैयाँ, गरिमा विकास लघुवित्तको २७८.०७ रुपैयाँ, जीवन विकास लघुवित्तको २७७.१५, सीवाईसी लघुवित्तको २६८.७२ रुपैयाँ रहेको छ । 

एक कम्पनीको नेटवर्थ १०० रुपैयाँ भन्दा कम छ भने १३ कम्पनीको नेटवर्थ १५० रुपैयाँ भन्दा कम रहेको छ । जहाँ समुदायक लघुवित्तको नेटवर्थ ९७.१२ रुपैयाँ छ भने मातृभुमि लघुवित्तको ११९.९०, एनआईसी एशिया लघुवित्तको १२२.३० रुपैयाँ आरुएसडीसी लघुवित्तको १२५.१५, वीन नेपाल लघुवित्तको १२७.२५ रुपैयाँ रहेको छ । 

५ संस्थाको ईपीएस ५० रुपैयाँ माथि

विवरण अनुसार ५ संस्थाको ईपीएस ५० रुपैयाँ माथि रहेको छ । सेस्डो समृद्ध लघुवित्तको ६३.९९ रुपैयाँ, यूनिक नेपाल लघुवित्तको ६२.३१, अभियान लघुवित्तको ६१.८९, सपोर्ट लघुवित्तको ५१.८७ र जीवन विकासको ईपीएस ५०.६५ रुपैयाँ रहेको छ । २० वटा संस्थाको ईपीएस ३० रुपैयाँ माथि रहेको छ । 

यता, ४ कम्पनीको ईपीएस ऋणात्मक रहँदा २२ कम्पनीको ईपीएस २० रुपैयाँ भन्दा कम छ । 

वीन नेपालको ईपीएस ४१.०९ रुपैयाँले ऋणात्मक हुँदा श्रीजनशिल लघुवित्तको ३६.७५, गणपती लघुवित्तको ४.७१ र विजय लघुवित्तको ईपीएस ०.४५ रुपैयाँले ऋणात्मक रहेको छ । 

nullnullnull