काठमाडौँ । पोखराको पहिलो संयुक्त आउटलेटको सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ले काठमाडौँमा दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्।
सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको हो।
यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो।
काठमाडौँको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्ने बताइएको छ। जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक-आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन्।
यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’को रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ।
नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।
कार्यक्रममा एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, ‘पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौं।’
लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट कफीको मज्जा लिन, नयाँ स्वरूपको एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने उनले बताए।
यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।
आर्थिकन्यूज