बारा। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारण सभा २०८२ फागुन ११ गते बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको छ। साधारण सभामा संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले आ.व. २०८१-०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो र सभाले यसलाई अनुमोदन गर्यो।
सभाले आर्थिक वर्ष २०८१-०८२ को संचित नाफाबाट चुक्ता पूँजीको १०.५२ प्रतिशत (५ प्रतिशत बोनस शेयर समेत) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२-०८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधनको लागि संचालक समितिलाई आवश्यक अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ।
आर्थिकन्यूज