शीर्षकहरू

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा सञ्चालनमा ल्यायो आधिकारिक सर्भिस सेन्टर

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा सञ्चालनमा ल्यायो आधिकारिक सर्भिस सेन्टर

नेपालगञ्ज। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीलेनेपालगञ्जको सेतु बिकेचोकमा र दाबको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन-हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ। टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

नेपालगञ्जको सेतु बिकेचोक र दाबको घोराहीस्थित तुलसीपुरचोकको यो सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनासम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ ।

यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिब र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५% सम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्रदान गर्नेछ ।

नेपालगञ्जको सेतु बिकेचोक र दाबको घोराहीस्थित तुलसीपुरचोकका यी सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन्।