शीर्षकहरू

उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु

उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ । महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो ।

सोमबार राजधानीमा आयोजित समारोहमा ज्योत्सना श्रेष्ठ(उपाध्यक्ष एसोसिएट) , उमेश डालमिया (उपाध्यक्ष जिल्ला नगर), कल्पना गैरे (उपाध्यक्ष जिल्ला नगर), नरेश लाल श्रेष्ठ (उपाध्यक्ष वस्तुगत), कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष)मा उम्मेदवारी घोषणा गरेका छन् ।

 विशेष अन्तरवार्तामा ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने संकेत गरेका थिए । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुनेछन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।